info@kathmanduworshipschool.com
सृष्टिको शुरुमा सृष्टि गरिएका आदम र हव्वा अर्थात पुरुष र स्त्रीले अदनको बगैचामा भएका फलहरु मध्ये परमेश्वरले नखानु भनेको असल र खराब ज्ञान दिने फल शैतानको उक्साहटमा लागेर खाएको कारण उनीहरु परमेश्वरको दृष्टिबाट पतन भए र उनीहरुको जीवनमा पापले प्रवेश पायो । सबै कुराको सृष्टिकर्ता एक मात्र परमेश्वर हुनुहुन्छ । सृष्टिका थोकहरु एकअर्काका परिपुरक हुन् ।
सृष्टिका थोकहरुमा सर्वोत्कृष्ट चाहिँ मानिस नै हुन् । मानिसलाई परमेश्वरले असल कामहरुको निम्ति सृष्टि गर्नुभएको हो । परमेश्वरले मानिसलाई आज्ञाहरु दिनुभएको छ । के गर्न हुने के गर्न नहुने भनेर । जब हामी परमेश्वरको आज्ञालाई उल्लंघन गर्छाैँ । अनि परमेश्वरको नजरबाट पतन हुन्छौँ र हामी पापमा फस्न पुग्छौँ । उदाहरणको लागि : विषले शरीरलाई हानी पुर्याउँछ । तर हामी जानीजानी त्यो पिउँछौँ भने त्यसले मृत्युमा पुर्याउँछ । तसर्थ विषबाट अलग रहनु नै हाम्रो भलाई हुन्छ ।
उत्साह : त्यसकारण आदरणीय श्रोतावृन्द हामी परमेश्वरको दृष्टिमा पतन र पापबाट जोगिएर आशिषित फलवन्त जीवन बिताउन आज्ञापालन गरौँ । आज्ञापालन गर्नेहरु निश्चित रुपमा आशिष्को हिस्सेदार हुनेछन् ।
परमेश्वरले यहाँहरु सबैलाई आशिष् दिऊन् ।
पा राम शरण श्रेष्ठ
निगाह ख्रिस्टिय मन्डली




