info@kathmanduworshipschool.com
मानिस जातिको सृष्टिको शुरुको मानिस आदम र हव्वाले नै परमेश्वरको आज्ञा उल्लंघन गरेको कारण त्यसपछिका सबै मानिसहरु परमेश्वरको नजरमा पतित र पापी हुन पुगे । आदरणीय श्रोतावृन्द परमेश्वरको आज्ञा उल्लंघन गर्नु भनेको परमेश्वरको नजरबाट गिर्नु र पापमा फस्नु हो । परमेश्वरले आज्ञापालन गर्नेहरुलाई आशिष् र उल्लंघन गर्नेहरुलाई श्राप हुनेछन् भनेर व्यवस्थाको नियम दिनुभएको छ ।
उदाहरण : अहिले धेरै किसिमको इलेक्टोनिक समाग्रीहरुको उत्पादन भैरहेको छ । ति समाग्रीहरुलाई प्रयोग गर्ने तरिका र विधिहरुको निर्देशिका दिएको हुन्छ । त्यो दिएको निर्देशन बमोजिम हामीले प्रयोग गरेको खण्डमा त्यो समाग्रीबाट फाइदा लिन सकिन्छ । राम्रो काम गर्छ । टिकाउ हुन्छ । अन्यथा क्षति वेहोर्नु पर्छ । हामी पनि परमेश्वरले असल कामको निम्ति बनाउनुभएको व्यक्तिहरु हौँ । परमेश्वरले हामीलाई निर्देशन दिनुभएको छ, जसलाई आज्ञा भनिन्छ ।
उत्साह : श्रोतावृन्द तपाईहरु जीवनमा कुनै कुराले निराशा, चिन्तित्, भईरहनुभएको छ भने आजैबाट परमेश्वरको योजनालाई बुझेर उहाँको आज्ञापालन गर्न थाल्नुहोस् । तपाईले सफलता पाउनुहुनेछ । परमेश्वरले सबैलाई आशिष् दिनुभएको होस् ।
पा राम शरण श्रेष्ठ
निगाह ख्रिस्टिय मन्डली

